Logo
Logo

आज काठमाडौंका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने


3.5k
Shares

काठमाडौं । आज दिउँसो काठमाडौंका केही स्थानका पाँच घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसन चार्जको काम भइरहेकाले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो ।

प्राधिकरणले आज एक सुचना जारी गर्दै बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर, ज्ञानोदय, गाई(बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्रमा क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाइएको छ ।

यस्तै, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ, सालिक चोक, एलआरआई, न्यु डाइमण्ड, पैरानो नैकाप, सिर्जना चोक, गर्जुधारा, इन्द्रचोक, हिलभिजन कोलनी, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुने छ।

स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले बताएको छ ।

हाल लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्