
काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक आज आइतबार साँझ ६ बजे एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
लामो समयपछि मोर्चाको बैठक बस्न लागेको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।














