Logo
Logo

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु


693
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।

पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौंमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्