काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद भएको ६० किलो ७१६ ग्राम शुद्ध र असली भएको पुष्टि भएको छ ।
राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातुको गुणस्तर पहिचान गर्दा सुन नै भएको पुष्टि भएको हो ।

मरामद ब्रेक शुलाई गालेर जोख्दा ६० किलोमात्रै भएको थियो । त्यसपछि गुणस्तर जाँच गरिएको हो । राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पु¥याइएको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यसको गुणस्तर परीक्षण गर्दा ९९ दशमलव ९ प्रतिशत शुद्ध सुन भएको पुष्टि भएको हो । यस प्रकरणमा हाल सीआईबीले अनुसन्धान गरिरहेको छ ।














