
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश पदमा संवैधानिक परिषदबाट सिफारिस भइ आएका श्रेष्ठमाथि संसदीय सुनुवाई समितिमा केहीबेर अघिदेखि सुनुवाई सुरु भएको हो । समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुनेछ ।
उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेको थियो । जसमा तीन वटा मात्र उजुरी परेको छ ।
समितिले यसअघि सोमबार विहानै उजुरीकर्ताहरुसँग समेत छलफल गरेको थियो ।














