
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक सुरु भएको छ । बैठक राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको हो ।
बैठकमा संसदको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । आजको बैठकमा राष्ट्रपतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी छन् ।
उद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।














