Logo
Logo

सरकारले जनताका पक्षमा काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला


441
Shares

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज यहाँ आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता सिटौलाले सरकार देश र जनताका निम्ति इमान्दार देखिनुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयको पक्षमा विगत पाँच वर्ष सरकारले खेर फालेको बताए ।

सरकारले जनताका आवश्यकता र चाहनालाई नजरअन्दाज गर्न नहुने भन्दै उनले संविधान जारी पछि बनेको सरकारले तीन वर्ष भित्रमा जनताका लागि कानुन बनाई सक्नुपर्ने बताए ।

सङ्घीय सरकारले प्रदेश सरकारलाई जनसम्पर्क कार्यालय जस्तो व्यवहार गरेको उल्लेख गर्दै नेता सिटौलाले जबसम्म प्रदेश सरकारको आफ्नो शासन र प्रशासन हुँदैन तबसम्म सङ्घीयताको मर्म जनताले नबुझ्ने बताए ।

कोशी प्रदेश सरकारको सम्बन्धमा प्रमुख प्रतिपक्ष दलले सरकार गिराउने खेलमा लाग्नुभन्दा पनि सशक्त भूमिका निर्वाह गरी जनताका पक्षमा काम गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, सुशीला ढकाल, तारामणि गुरुङ तथा नेपाली कांगेसका नेता प्राडा रामप्रसाद पोखरेल, कन्दनराज काफ्ले, यदु विष्ट, देउमान थेवे, रामकुमार चौधरी, खड्ग फागोलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरुले जनप्रतिनिधिले आफ्ना लागि होइन जनताका लागि काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्