
काठमाडौं । आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी पत्रकार रोशनी क्षेत्री ‘एलिजा’को मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा मंगलबार दिउँसो मृत्यु भएको हो ।
२५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।














