Logo
Logo

प्रदेश सभापतिको भेला गर्दै कांग्रेस


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने भएको छ । भदौ १६ र १७ गते पोखरामा भेला गर्न लागिएको छ ।

सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

१६ गते उद्धघाटन र १७ गते बन्द सत्र हुने सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

भेलाको दोस्रो दिन पोखरा घोषणापत्र जारी गरिने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्