Logo
Logo

एकीकृत समाजवादीको बैठक- आज पनि नेताहरुले धारणा राख्ने


441
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबारबाट सुरू भएको बैठकले आज पनि निरत्तरता पाउने भएको हो ।

बिहान ८ बजेदेखि सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ– आफ्नो धारणा राख्ने प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

हिजोको बैठकमा ८१ जनाले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्