Logo
Logo

गठबन्धनलाई विष्णु रिमालको चेतावनी- ठट्टा नठानौं महङ्गो पर्ला


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई ठट्टा नसम्झन चेतावनी दिएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महंगो पर्ने चेतावनी दिएका हुन् ।
बुधबार संसद बैठकबाट बाहिरिँदै गर्दा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो’ भएको टिप्पणी गरेका थिए ।

त्यसको भोलिपल्ट बिहानै विश्वप्रकाशको नाम नलिई रिमालले सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले ‘सहमति विपक्षलाई छक्याउने रंगिन टालो’ भन्दै बिल्ला हान्नुले साथीहरुको नियतमा खोट भएको भन्दै आपत्ति जनाएका हुन् ।

रिमालले बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस नै तम्सिएको र चुरोट त सुन पो रहेछ भन्ने सूचना लिक हुँदा नहुँदै सुन गायब पारिएको समेत दाबी गरेका छन् ।

सुन तस्करीको विषयमा छानबीन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न बुधबार दलहरुबीच सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्