Logo
Logo

मीनबहादुर गुरुङको बयान- व्यक्तिको जग्गा किनेको हुँ, सरकारी भनेर थाहा थिएन


5k
Shares

काठमाडौं । भाटभटेनी सुपर मार्केटमा सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुस्नधान ब्युरो (सीआइबी)लाई दिएको बयानमा गुरुङले जग्गा खरिद गरेको भएपनि त्यो सरकारी भएको थाहा नभएको बताएका छन् ।

आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय विभिन्न व्यक्तिलिाई बिक्री गरिसकिएको भन्दै उनले बयानमा भनेका छन्, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’

उनले जग्गाहरु व्यक्तिको नाममा कायम भएपश्चात मात्र खरिद गरेको समेत बयानमा भनेका छन् । उनले भनेका छन्, ‘सो जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो हाल मैले बिर्सिए। मैले व्यक्तिको जग्गा खरिद गरेको हुँ। सरकारी जग्गा खरिद गरेको होइन। ललिता निवास क्याम्प भित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गाहरु खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याईएको थियो ।’

गुरुङले २०६०÷६१ सालतिर ललितानिवास क्याम्पभित्रको जग्गा खरिद गर्ने समयमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसँग भेट भएको बताएका छन् । त्यसपछि ललिता निवास क्याम्प भित्रको जग्गा तीन जनाको संयुक्त नाममा समेत खरिद गरेको उनले सीआइबीसँग् बयानका क्रममा भनेका छन् । उनले तीनजना मिलेर भाटभटेनी डेभलपर्स प्रालि खोली जग्गा विकासको काम गरेको समेत बताएका छन् ।

गुरुङले भनेका छन्, ‘भाटभटेनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ । उक्त कम्पनिको संचालकहरुमा म, मेरो श्रीमती साबित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौं । म र मेरी श्रीमती साबित्री गुरुङको नाममा ५१ प्रतिशत शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको गरी ४९ प्रतिशत शेयर लगानी रहेको छ । हामीले ललितानिवास क्याम्पभित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ति आदीको व्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिदर्ता गरेका हौं ।’

ललितानिवास क्याम्प भित्रको ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनीको नाममा खरिद गरेको उनको भनाइ छ । केन्द्रीय अनुसन्धान ब्यूरोले ललितानिवास प्रकरणमा गुरुङलाई साउन १२ गते पक्राउ गरेको थियो । हाल उनी पूर्पक्षका लागि जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्