Logo
Logo

‘ओलीको उदयसँगै राजनीतिमा गालीको परम्परा हाबी हुँदै गयो’


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीको राजनीतिमा उदय भएसँगै राजनीतिमा घृणा सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भुसालले यस्तो आरोप लगाएका हुन् ।

महासचिव भुसालले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भत्र्सना र गालीको परम्परा हाबी हुँदै गएको टिप्पणी गरे । उनले नयाँ उदएका पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भत्र्सनामा उत्रिनेहरू आएको उल्लेख गरे ।

ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको र ओलीका कारण वाम आन्दोलनका सबै सम्भावना टुटेको उनको भनाइ छ । राजनीतिमा अहिले घृणित संस्कृति हाबी भइरहेको महासचिव भुसालको भनइ थियो ।

प्रतिक्रिया दिनुहोस्