Logo
Logo

मिटर ब्याजको आतंकः पाँच अर्ब ठगीको आरोपमा राजपाका केन्द्रीय सदस्य पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौंं, २३ पुस ।
मिटरब्याजको अनुसन्धानमा राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य सर्लाही बरहथवाका रामबाबु राय यादव पक्राउ परेका छन्।

बुधबार दिउँसो साढे १२ बजे यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो। यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको सर्लाहीका डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए। उनीमाथि करिब पाँच अर्ब ठगीको आरोप छ ।

प्रारम्भमा उनीविरूद्ध कुनै उजुरी नरहेकाले प्रहरीले सो कसुर आकर्षित गरेर यादवलाई पक्राउ गरेको हो। पीडितबाट जाहेरी संकलन गरेपछि प्रहरीले ठगी मुद्दा चलाउने योजना बनाएको छ। करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए।

यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा करिब १५ सय जना पीडित छन्।
यसअघि सर्लाहीकै मिटरब्याजी श्याम परदेशी पनि पक्राउ परेका थिए। उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रतिक्रिया दिनुहोस्