
काठमाडौं । दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । ललिता निवास प्रकरणमा नाम मुछिएपछि उनलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको हो ।
वैद्यलाई गृहको अतिरिक्त समूहमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर वैद्यलाई गृह मन्त्रालय तानिएको हो ।
वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ । ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बैद्यलाई फरार सूचीमा रोखेको थियो ।














