Logo
Logo

आरती लामा अनेरास्ववियूको अध्यक्ष चयन


15.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेकाे हाे ।

अध्यक्ष र महासचिवको महाधिवेशन कमिटीले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । योसँगै सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिएका छन् ।

एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । नेकपा अदालतबाट ब्युँतेपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेको थियो । सोही कमिटी नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूमा परिणत भएको हो ।

प्रतिक्रिया दिनुहोस्