Logo
Logo

एमसीसी उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै


630
Shares

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउँदैछन् । आज अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुग्ने आउन लागेका हुन् ।

उनी तिन दिन नेपाल भ्रमणमा रहेनछन् । क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ १५ मा फर्किने छन् ।

त्यस्तै ​क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउँदैछन् ।

उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ ।​

प्रतिक्रिया दिनुहोस्