Logo
Logo

मुगुमा नाका खोल्ने विषयमा चीनसँग कुरा उठाउँछु- प्रधानमन्त्री


882
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तरमा कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्न गरेपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन गर्न जोड दिने बताएका हुन् ।

नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने उनको भनाई थियो ।

नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित भएको भन्दै उनले भने– ‘त्यससम्बन्धी मुगुको विषय पनि उठाउने र एउटा निष्कर्ष लिने कोसिस हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्