रुपन्देही । समाजवादी मोर्चाले बुटवलमा सन्देश सभा गरेको छ ।
सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

‘सन्देश सभामा लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । मोर्चामा आबद्ध दलका ३/३ जना नेताहरू सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको जानकारी दिइएको छ ।
मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन्।
यसै गरी एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् ।
त्यस्तै जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् । यस्तै नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा कमिटीमा समावेश भएका छन् ।

मोर्चाले यसअघि भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ । लुम्बिनी प्रदेशको बुटवल, भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा, भदौ १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, भदौ २३ गते वाग्मतीको हेटौंडामा र भदौ २५ गते कोशीको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।












तस्बिर : प्रदीपराज वन्त














