Logo
Logo

अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रचण्ड


378
Shares

बुटवल । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने बताए ।

समाजवादी मोर्चाले मङ्गलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको गणतन्त्र जनताको हो की बुर्जवाको हो अझै टुङ्गो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौँ ।’

उनले समाजवादी गणतन्त्रका लागि अब छिट्टै सडकमा जाने पनि बताए । उनले गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न, संविधानको रक्षा तथा गरिब उत्पीडित जनताका लागि अधिकार प्रत्याभूत गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको पनि आरोप पनि लगाए ।

संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुनसक्छ भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्