Logo
Logo

जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु


504
Shares

काठमाडौं । बझाङमा जङ्गली च्याउ खाँदा २ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन् ।

मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

डिएसपी भण्डारीका अनुसार सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिबार राती नै बाटोमा मृत्यु भएको हो। आमा पुनी कठायतको भने उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस्