Logo
Logo

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीजयन्तीको शुभकामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीको अवसरमा पृथ्वीनारायणप्रति श्रद्धासुमन व्यक्त गर्दै शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीद्वारा आइतबार जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी हुन् । सन्देशमा भनिएको छ, ‘नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ ।’
छरिएर रहेका राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको उनले स्मरण गरेकी छन् । सन्देशमा भनिएको छ, ‘नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ ।’
जनतालाई सर्वोपरी ठान्ने पृथवीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको सन्देशमा उनले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्