
काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा चार वटा सवारी साधन एकापसमा ठोक्किएको छ । आइतबार बिहान बा ३ ख ४८४८ नम्बरको मूलपानी–रत्नपार्क चल्ने बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हाे ।
बसको ठक्करबाट ५ जनाा घाइते भएकाे कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवसथा गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई मीनभवनस्थित सिभिल अस्पतालमा पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।














