Logo
Logo

जुम्लामा जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु


630
Shares

काठमाडौं । जुम्लाबाट मुगु तर्फ जाँदै गरेकाे जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरा नजिक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो।

नाग्म-मुगु सडक खण्डअन्तर्गत छलपुनेरा नजिक भे १ ज १०९९ नम्बरको जिप आइतबार बिहान करिब ७ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

जीपमा चालक र सहचालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ । हालसम्म उनीहरुको पहिचान भने नखुलेको डीएसपी कार्कीले बताए । जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्