Logo
Logo

लिखुपिके गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा


2.1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरेको जनाएको हो ।

निःशुल्क रूपमा दानपत्रमार्फत प्राप्त जग्गालाई ६ लाख खरिद गरेको देखाएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भण्डारी, तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगोबमोजिमको कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्