Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


693
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज शीतलनीवासमा भेटवार्ता भएको छ ।प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई पौडेललाई भेट्न आज (सोमबार) बिहान राष्ट्रपति भवन शीतलनीवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै सो भेटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्