Logo
Logo

दुई मन्त्रालयका सचिव हेरफेर, वनमा खराल र पशुपन्छीमा पौडेल


882
Shares

काठमाडौँ । सरकारले दुई मन्त्रालयका सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले वन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको हेरफेर गरेको हो ।

वन तथा वातावरण मन्त्रालयमा सचिवको जिम्मेवारी डा. दीपककुमार खराललाई दिइएको छ भने वन मन्त्रालयका हालका सचिव डा. रेवतीरमण पौडेल कृषि तथा पशुपन्छी मन्त्रालयको सचिवमा सरुवा भएका छन् ।

दुबै सचिवले आज आ–आफ्नो नयाँ कार्यभार सम्हाल्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्