Logo
Logo

जरिनले नेपाली दर्शक जिल्याइन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । बलिउडकी चर्चित मोडल तथा अभिनेत्री जरिन खानको शो हेर्न गत शुक्रबार बेलुकी सोल्टी होटलमा दर्शकहरुको भीड लागेको थियो । सिट नपाइएला भनेर दर्शकहरु निर्धारित समय ६ बजे नै कार्यक्रमस्थल पुगेका थिए । जेम्स एण्ड ज्वेलर्स एशोसिएशनले आयोजना गरेको उक्त फेसन शोका लागि तीन हजार रुपैयाँ प्रतिव्यक्ति टिकट तोकिएको थियो । जरिन खान आउने भनेपछि बैंक तथा विभिन्न संस्थाहरुले लाखौंको प्रायोजन समेत गरेको थियो ।

तर, जरिनकै कारण तोकिएको समयमा कार्यक्रम सञ्चालन हुन सकेन । सोल्टीमै बसेकी जरिनको ‘मेकअप’ तयार नभएको बहाना बनाएर कार्यक्रम एक घण्टा ढिलो अर्थात् ७ बजे मात्र सुरु गरिएको थियो । कार्यक्रममा विभिन्न ज्वेलरी पसलहरुले आ–आफ्नो गरगहनाको प्रचार प्रसार गर्दै फेशन शो प्रस्तुत गरेका थिए । कार्यक्रमको आकर्षक कोरियोग्राफर प्रशान्त ताम्राकार थिए । उनले राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पोशाकमा ‘¥याम्प’ प्रस्तुत गरेका थिए ।

जेम्स एण्ड ज्वेलरी एशोसिएशनले आफ्नो उत्पादन भारतीय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले जरिनलाई नेपाल आमन्त्रण गरेको थियो । जुन आशा गरेबमोजिम भएन । अर्थात् जरिनले नेपाली दर्शकको मात्र अवमूल्यन गरिनन्, आयोजक संस्थाकै बेइज्जत गरिन् । आफ्ना बहिनी र अंगरक्षकसहित चार जना उक्त कार्यक्रमको लागि शुक्रबार अपराह्न काठमाडौँ आएका थिए । उनीहरु आइतबार फर्किसकेका छन् ।

मञ्चको पहिलोपंक्तिमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलगायत विशिष्ट व्यक्तिहरु जरिनाको प्रतिक्षामा थिए । त्यतिबेला लगभग ८.३० बजेको थियो । निर्धारित समयमा जरिन मञ्चमा नआएपछि अन्य दर्शकहरु पनि निराश हुँदै थिए । चिसो मौसममा जरिनको अनुहार हेर्न सोल्टी पुगेका करिब पाँच सयभन्दा बढी दर्शकहरुको धैर्यताको बाँध फुट्नै लागेको थियो । त्यसैबीच कार्यक्रमको अन्त्यमा मात्रै पाँच मिनेटका लागि जरिन मञ्चमा देखिइन् । जरिनले छुट्टै आफ्नो कुनै प्रस्तुति देखाइनन् । अन्य मोडलहरुसँग सामूहिक ‘¥याम्प’ गरिन् र कार्यक्रम समाप्त भयो । जरिनको यस्तो चाल देखेर दर्शक दिक्क माने । उनको यस्तो व्यवहारबाट आयोजकहरु मात्रै होइनन्, उनका फ्यानहरु समेत आश्चर्यचकित बने । जेम्स एण्ड ज्वेलरी एशोसिएशनले आफ्नो उत्पादन भारतीय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले जरिनलाई नेपाल आमन्त्रण गरेको थियो । जुन आशा गरेबमोजिम भएन । अर्थात् जरिनले नेपाली दर्शकको मात्र अवमूल्यन गरिनन्, आयोजक संस्थाकै बेइज्जत गरिन् । आफ्ना बहिनी र अंगरक्षकसहित चार जना उक्त कार्यक्रमको लागि शुक्रबार अपराह्न काठमाडौँ आएका थिए । उनीहरु आइतबार फर्किसकेका छन् ।

स्रोतका अनुसार जरिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनासाथ आफूलाई संकोच मानिरहेकी थिइन् । उनको सम्मानमा आयोजित कार्यक्रममा उनी जसरी प्रस्तुत हुनुपर्ने थियो, त्यो नभएकोमा अरु कारण नभई नेपालहिरुलाई हेप्नु हो भन्ने महसुस दर्शकहरुले गरे । कतिपय दर्शकहरुले त अबदेखि यस्ता कार्यक्रममा बलिउडका कलाकारलाई बहिष्कार गर्नुपर्ने प्रतिक्रिया दिए । पक्कै पनि जेम्स एण्ड ज्वेलरी एशोसिएशनले यस घटनाबाट पाठ सिक्ने छ ।

प्रतिक्रिया दिनुहोस्