Logo
Logo

नेकपा नगरप्रमुखकै अकूत सम्पत्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । देशको राजनीति पैसावालहरुको हातमा पुगेको छ । अवैध माध्यमबाट पैसा कमाउनेहरु मात्र चुनाव लड्न सक्ने अवस्था छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाकै चुनावमा उम्मेदवारहरुले एक करोड भन्दा धेरे खर्च गरे । यस्तो परिस्थितिले पैसा नहुनेहरु राजनीति गर्नै नसक्ने अवस्थामा पुगेको छ ।

चुनावमा टिकट पनि पैसावालहरुले नै पाउने गरेका छन् । पैसाकै आधारमा टिकट पाएर चुनाव जितेका धेरै जनप्रतिनिधिमध्ये एक हुन् बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली । नेपालमा उनी एक मात्र यस्ता नेता हुन् जो जिल्लाबाट पोखरा तथा काठमाडौं आउँदा हेलिकोप्टर प्रयोग गर्दछन् । उनकै आफ्नै निजी हेलिकोप्टर छ । घरको छतमै हेलिप्याड बनाएका छन् । तर, उनको यस्तो अर्बपतिको जस्तो जीवनशैली जीउने कुनै आर्थिक स्रोत भने देखिदैन । अवैध गतिविधिबाट उनले यसरी पैसा कमाएका हुन् । द्वन्द्वको समयदेखि नै उनी तत्कालिन माओवादी निकट थिए । त्यसबेला माओवादीले लुटेको सम्पत्ति राख्ने जिम्मेवारी उनैले पाएका थिए । त्यही पैसाबाट अहिले उनले करोडौंको सम्पत्ति जोडेका हुन् । त्यतीबेला होइन उनले बाग्लुङमा चरेश तस्करी समेत गरेको स्थानीयहरु बताउँछन् । एक तिब्बती महिलासँग दोस्रो बिहे गरेका उनले सुन तस्करी समेत गरेको स्रोत बताउँछ ।

उनको काठमाडौंमा दुई वटा तथा पोखरामा ४ वटा घर छन् । बुर्तीवाङमा दरबारजस्तो होटल खोलेका छन् । रेन्जरोभर गाडी चढ्ने उनी कुनै समय सामान्य पेटी ठेकदार थिए ।

नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलसँग समेत उनको हिमचिम छ । पैसाकै कारण त्यो सम्बन्ध बनेको हो । बादलसँगकै निकटता देखाएर जिल्लाका सिडिओ र एसपीलाई समेत हप्काउने गरेका छन् । बादलकै दबाबमा बाग्लुङ प्रहरीले उनलाई नियम मिचेर पिएसओ दिने तयारी गरेको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गरेमा उनी फन्दामा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्