Logo
Logo

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो, फैसला आजै आउने


1.1k
Shares

काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतविरुद्ध परेको रिटमा जवाफी बहस सकिएको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत थापाले रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय सपना मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भइरहेको थियो । आज बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए । बहस सकिएसँगै आजै कोशी सरकारबारे फैसला दिने सर्वोच्चको तयारी छ ।

भदौ ६ गते कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी र अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

भदौ ४ गते प्रदेश सभाको बैठकको अध्यक्षता गरेका मन्सुरीले मत विभाजन सकिएर मत सच्याउने समय समेत अन्त्य भइसकेपछि मतदान गरेका थिए ।

९३ सदस्य रहेको प्रदेश सभाको बहुमत ४७ पु¥याउन ४७ सीट आवश्यक पर्दछ । सभाको अध्यक्षता गरेका मन्सुरीले मतदान गरेपछि उनै मन्सुरीले थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्