Logo
Logo

खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन : रमेश लेखक


504
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहारबाट कांग्रेस नसकिने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार विशेष समय लिएर बोल्दै लेखकले कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित भएर उभिएको पर्वत भएको टिप्पणी गरे ।

उनले भने, ‘मानिसले खुकुरी प्रहार गरेर कांग्रेस सकाउँछु भन्नु र टाउकोले हिर्काएर पर्वत खसाउँछु भन्नु एउटै हो, कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित भएर उभिँदा राणाहरूले टाउको जुधाए, पंचायतले टाउको जुधाए, राजाले टाउको जुधाएको छ । पहाडसँग जुध्ने टाउकाहरू फुट्छन् । पहाड फुटेको इतिहास छैन ।’

उनले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्