Logo
Logo

सन्दीपविरुद्धको मुद्दा: पीडीतको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश


4.5k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडितको थप कागजात झिकाउने आदेश दिएको छ ।

बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडितको जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भएपनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो ।

यसअघि, गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडितका आमाको उमेर एकीन गर्ने आदेश गरेको थियो ।

त्यसपछि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । पेसी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

प्रतिक्रिया दिनुहोस्