
काठमाडौं । भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्वीर सार्वजनिक गरेको छ ।
इसरोले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको आदित्य-L1को पहिलो तस्वीर सार्वजनिक गरेको हो । यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो । यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो ल्यान्डर अवतरण गर्ने पहिलो देश बनेको केही दिनमै भारतको पहिलो सौर्य अन्तरिक्ष अभियान प्रक्षेपण भएको हो ।



तस्वीर स्रोत: इसरो














