Logo
Logo

आफ्नै जालमा फसे प्रसाई, सिडिओद्वारा पक्राउ पूर्जी जारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ .

मेडिकल माफियाका नाममले विवादास्पद अस्पताल सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहार गरेको आरोपमा भक्तपुर प्रहरीमा उजुरी दर्ता भएको छ। सिडिओद्वारा समेत उनलाई पक्राउ गर्न अनुमति दिएको छ । पक्राउ पूर्जी जारी भएसँगै उनी फरार भएका छन् ।


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध उजुरी दिएका हुन्। प्रसाईंले केही दिन अघि पत्रकार सम्मेलन गरी डा. गिरीले आफूसँग २० करोड रूपैयाँ घुस मागेको आरोप लगाएका थिए। झुटा आरोप भएको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्न लागेपछि गुन्डा लगाएर धम्काएको भन्दै गिरीले उजुरी गरेका थिए ।
डा. गिरीको उजुरीपछि अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सबिन प्रधानले बताए । प्रहरी ठिमीस्थित उनको घरमा पुगेपछि उनी नभेटेपछि फर्किएको थियो ।
प्रसाई बि एण्ड सिलाई सम्बन्धन दिलाउने प्रक्रियामा छन् । तर, सम्बन्धन नपाएपछि उनले २० करोड मागेको बताएका थिए । उनले अख्तियारमा समेत यससम्बन्धि उजुरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्