Logo
Logo

नेकपा एसका नेता विश्वकर्माको हृदयाघातबाट निधन


5.6k
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।

रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो । विश्वकर्माको जावलखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

उनको शव श्रद्धाञ्जलीको लागि केही बेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्