काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ ।

विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको छ ।














