Logo
Logo

सुवास नेम्वाङको अन्त्येष्टि भोलि बिहान ११ बजे पशुपतिमा गरिने


1.8k
Shares

काठमाडौं । सोमबार राति हृदयघातकाट निधन भएका संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार (भोलि) अन्त्येष्टि गरिने भएको छ । नेता नेम्बाङको लिम्बू तथा हिन्दु परमपराअनुसार अन्त्येष्टि गरिने भएको हो ।

दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको नेता नेम्बाङको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमाले केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार भोलि विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ । त्यसअघि शवयात्रा हुनेछ ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ । नेम्बाङको अन्त्येष्टिका दिन बिहीबार सार्वजनिक विदा दिने यसअघि नै सरकारले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्