
काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।
उनको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हिन्दु र किराँत दुवै संस्कृतिअनुसार अन्त्येष्टी गरिँदैछ । नेम्वाङको गत सोमबार राति हृदयघातबाट निधन भएको थियो ।














