Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


630
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ९१  पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसामा खरिदबिक्री हुदाँ क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा रहेको छ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसाको भाउ पाउँदा दक्षिण कोरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ १ पैसामा कारोबार गर्न सकिनेछ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ र बिक्री दर ३५.४८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ तोकिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.२५ पैसा र विक्रीदर ४३१.२ पैसा तोकिएको छ भने भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्