काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थि ए।
प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार उनले विभिन्न विषयमा संसदलाई जानकारी गराएका थिए।














