Logo
Logo

सशस्त्रद्धारा मध्यराति बागमती नदीबाट एक व्यक्तिको उद्धार


2.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मध्यराति बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिका– ८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको गएराति २ बजे उद्धार गरिएको हो । पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए ।

सोबारे खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको कमान्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्