Logo
Logo

नेकपा क्रान्तिकारीका विद्यार्थी प्रहरी नियन्त्रणमा


1k
Shares

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनप्रति समर्थन जनाउँदै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग गर्दै नारावाजी गरेका थिए । यसैबीच, प्रहरीले आन्दोलनको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई प्रहरीले दुव्र्यवहार र हातपात गरेका छन् ।
विद्यार्थीहरुको आन्दोलनको दृश्य कैद गर्ने क्रममा आफ्नो सूचना बिभागद्वारा जारी गरिएको परिचयपत्र देखाउदा प्रहरीले दुव्र्यवहार र हातपात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्