Logo
Logo

एनएमबीको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले तथा प्रदीपराज पाण्डेले गर्नुभयो । ‘सुदूरपश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ सेवाको पहु“च पु¥याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो ।’ प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रकाश पार्नुभयोे ।

एनएमबि बैंकका हाल देशभरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।

प्रतिक्रिया दिनुहोस्