Logo
Logo

फेरी घट्यो सुन, (यस्तो छ आजको सुनको मूल्य)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ ।
स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५०० मा झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार पुगेको थियो ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्