Logo
Logo

चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ


1.8k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्। सरकारको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरुलाई आज राष्ट्रपतिले शपथ ग्रहण गराएका हुन् ।

फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्र, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदीले राजदुतको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयमा एक कार्यक्रमका्बीच भएको सपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्