Logo
Logo

सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे


378
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताएका हुन् ।

‘सूचनाको हक लोकतन्त्रको अभिन्न अङ्ग हो । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, नागरिक समाज र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई नियन्त्रण गर्ने सोच सफल हुन सक्दैछ’, सभामुख घिमिरेले भने, ‘गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।’

संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन आग्रह गर्दै उनले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घको विशेष भूमिकाको अपेक्षा गरे ।
कार्यक्रममा सूचनाको हकमा आमनागरिकको पहुँच वृद्धिका सवालमा नागरिक क्षेत्रका संस्थाका प्रमुख र विज्ञबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्