
काठमाडौं । हाल देशभरको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।














