
काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पताल र मृतक सुकमाया दुराका परिवारबीच ६ बुँदे सहमति भएको छ ।
मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ का सुकमाया दुराको परिवार र अस्पताल प्रशासनबीच जल्ला प्रहरी कार्यालयमा सहमति भएको हो ।
श्वासप्रश्वास र ढाड दुख्नेसम्बन्धी बिरामी भएपछि यही असोज ७ गते उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकी ५७ वर्षीया दुराको उपचारका क्रममा भोलिपल्ट दिउँसो मृत्यु भएको थियो । त्यसपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मणिपाल अस्पतालका चिकित्सकमाथि कुटपिट गरेका थिए । त्यसयता दुवै पक्ष आन्दोलनरत थिए ।
यस्ता छन् सहमति:















