Logo
Logo

गठबन्धन सरकार अपराधीको संरक्षक भयो : ओली


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अपराधीको संरक्षक भएको टिप्पणी गरेका छन् ।

शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार अपराधीको संरक्षकको रुपमा देखिएको बताएका हुन् । साथै उनले प्रचण्ड नेतृत्वको सरकार रहनु देशका लागि दुर्भाग्य भएको समेत बताएका छन् ।

‘सरकार अपराधीको संरक्षकका रुपमा देखिएको छ । यो सरकार रहनु देशका लागि दुर्भाग्य हो,’ उनले भने । सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’

प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्