Logo
Logo

एमाले बागमती अधिवेशन- नयाँ नेतृत्व चयनका लागि मतदान जारी


567
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।

भोटिङ मेसिनमार्फत केही बेरअघि मतदान सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ । सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकबाट सर्वसम्मत सदस्य चयन भएका छन् । एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन् । मतदानमा ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्